• Trending:

राधी विद्युत् कम्पनीको सेयर बिक्री हुँदै

राधी विद्युत् कम्पनीको सेयर बिक्री हुँदै

Economist Nepal

Thu, Bhadra 23 2079

राधी विद्युत् कम्पनीको सेयर बिक्री हुँदै


राधी विद्युत् कम्पनीको सेयर बिक्री हुँदै



kharibot

काठमाडौं । राधी विद्युत् कम्पनीले ५ असोजदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले कुल ९५ लाख ३५ हजार ७६० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । राधीले हकप्रद सेयर बिक्रीका लागि भदौ १२ गते बुक क्लोज गरिसकेको छ ।

राधीको हकप्रद सेयरमा २५ असोजसम्म आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ । 

हकप्रदमा मुक्तिनाथ क्यापिटल, अपि पावर कम्पनी, ट्रेड टावर थापाथली तथा मुक्तिनाथ विकास बैंकको इटहरी, पोखरा, नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगंज, धनगढी, जनकपुर र लमजुङको बेसीशहर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । 

यसका साथै, मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ । हाल राधीको चुक्ता पुँजी ६४ करोड ६४ लाख रुपैयाँ भन्दा बढी रहेको छ । हकप्रद बिक्रीपछि पुँजी करिब १ अर्ब ६० करोड रुपैयाँ पुग्नेछ ।

 

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.