• Trending:

प्रहरीलाई घुस दिने व्यक्ति लोकन्थलीबाट पक्राउ

प्रहरीलाई घुस दिने व्यक्ति लोकन्थलीबाट पक्राउ

Economist Nepal

Thu, Bhadra 23 2079

प्रहरीलाई घुस दिने व्यक्ति लोकन्थलीबाट पक्राउ


प्रहरीलाई घुस दिने व्यक्ति लोकन्थलीबाट पक्राउ



kharibot

भक्तपुर ।  ड्युटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा काठमाडौं कागेश्वरी मनहरा नगरपालिका–२ आलापोट बस्ने ३१ वर्षीय रोशन बस्नेत छन् । उनलाई गएराति प्रहरीले पक्राउ गरेको हो । 

मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थलीस्थित ड्युटीमा खटिएको प्रहरीले बा.८८ प ४७८५ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक रोशनले घुस दिएको प्रहरीले जनाएको छ । 

मादक पदार्थ सेवन गरी सवारी साधन चलाएका उनले प्रहरीलाई नगद ३ हजार ५० रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेपश्चात उक्त नगद र मोटरसाइकल सहित उनलाई पक्राउ गरिएको हो ।    

 

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.