• Trending:

सोमबार हल बन्द गर्ने चलचित्र संघको निर्णय

सोमबार हल बन्द गर्ने चलचित्र संघको निर्णय

Economist Nepal

Thu, Bhadra 23 2079

सोमबार हल बन्द गर्ने चलचित्र संघको निर्णय


सोमबार हल बन्द गर्ने चलचित्र संघको निर्णय



kharibot

काठमाडौं  । चलचित्र संघले सोमबार एक दिन देशभरका सिनेमा हल बन्द गर्ने निर्णय गरेको छ ।

संघका अध्यक्ष प्रदीपकुमार उदयले सरकारले आफ्ना माग पूरा नगरेको र नेपाली चलचित्रसँग सरोकारवालाहरूले आफूहरूलाई हिन्दी फिल्मको मतियार भनेकाले विरोधस्वरूप सोमबार एक दिन सिनेमा हल बन्द गर्ने निर्णय गरेको जानकारी दिएका छन् ।

हिन्दी फिल्म ब्रह्मास्त्र सेन्सर पास नभएकाले सिंगल र मल्टिप्लेक्स हलहरूले शुक्रबार रिलिज हुने ऐना झ्यालको पुतली र द गोर्खा ब्रेभरी चलचित्रका लागि शो उपलब्ध गराएका छैनन् । सिनेमा हलहरूले बिहीबार दिउँसोसम्म पनि शो उपलब्ध नगराएपछि निर्माता संघ र निर्देशक समाजले विज्ञप्ति जारी गरी आपत्ति जनाएका थिए ।

दुवै संघसंस्थाले नेपाली चलचित्र क्षेत्रलाई हतोत्साही र उपेक्षित गर्न खोजिएको भन्दै चलचित्र विकास बोर्डको ध्यानाकर्षण गराएपछि चलचित्र संघले असन्तुष्टि जनाउँदै सोमबार सिनेमा हल बन्द गर्ने निर्णय गरेको हो । यो घटनाले फेरि एकपटक चलचित्र निर्माता र हल मालिकबीच द्वन्द्व बढेको छ । 

प्रेस विज्ञप्ती:

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.