• Trending:

भोलिदेखि राष्ट्रव्यापी फुल कन्ट्याक्ट कराते

भोलिदेखि राष्ट्रव्यापी फुल कन्ट्याक्ट कराते

Economist Nepal

Thu, Bhadra 23 2079

भोलिदेखि राष्ट्रव्यापी फुल कन्ट्याक्ट कराते


भोलिदेखि राष्ट्रव्यापी फुल कन्ट्याक्ट कराते



kharibot

काठमाडौं । नेपाल आईएफकेके संघको आयोजनामा चौथो आईएफकेके राष्ट्रव्यापी पुरुष/महिला तौल समूह फुल कन्ट्याक्ट कराते प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

प्रतियोगितामा करिब तीन सय खेलाडी सहभागी हुने आयोजक संघका अध्यक्ष घनश्याम श्रेष्ठले जनाएका छन् । पुरुषमा चार तथा महिलामा तीन गरी सात स्पर्धामा प्रतिस्पर्धा हुने ब्रान्च चिफ प्रेम लामाले जानकारी गराए ।

पुरस्कार राशी एक लाख ७५ हजार रुपैयाँ रहेको छ । प्रत्येक स्पर्धामा शीर्ष चार स्थान हात पार्नेले क्रमशः १० हजार, सात हजार, पाँच हजार र तीन हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । दुई दिने प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.