• Trending:

पाँच दिने नेपाल भ्रमण पुरा गरेर स्वदेश फर्किए भारतीय सेनाध्यक्ष पाण्डे

पाँच दिने नेपाल भ्रमण पुरा गरेर स्वदेश फर्किए भारतीय सेनाध्यक्ष पाण्डे

Economist Nepal

Thu, Bhadra 23 2079

पाँच दिने नेपाल भ्रमण पुरा गरेर स्वदेश फर्किए भारतीय सेनाध्यक्ष पाण्डे

पाँच दिने नेपाल भ्रमण पुरा गरेर स्वदेश फर्किए भारतीय सेनाध्यक्ष पाण्डे

kharibot

काठमाडौं । भारतीय सेनाका स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डे पाँच दिने नेपाल भ्रमण पुरा गरेर स्वदेश फर्किएका छन् । नेपाली सेनाले जनरल पाण्डे विहिवार स्वदेश फर्किएको जानकारी दिएको छ ।

भदौ १९ गते आइतबार काठमाडौँ आइपुगेका जनरल पाण्डेले भ्रमणका क्रममा परम्परा अनुसार राष्ट्रपति भण्डारीले एक विशेष समारोहका बीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरेकी थिइन् ।   

भ्रमणका क्रममा भारतीय सेनाध्यक्ष पाण्डेले सैनिक मञ्च टुँडिखेलस्थित विर स्मारकमा श्रद्धाञ्जली अर्पण र जङ्गी अड्डामा सम्मान गारत निरीक्षण गरेका थिए ।

त्यस्तै पाण्डेले प्रधानसेनापति शर्मासँग भेटघाट एवं छलफल, भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई सहयोग स्वरुप प्रदान हुने विविध सामग्रीहरुको हस्तान्तरण गरेका थिए । साथै उनले कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरुसँग अन्तरक्रिया र मध्य कमाण्ड मुख्यालयको भ्रमण गरेका थिए । 

यस्तै उनले भ्रमणको क्रममा प्रधानमन्त्री तथा रक्षा मन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका थिए ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.