• Trending:

बेलायतकी महारानीको स्वास्थ्य बिग्रियो, चिकित्सकीय सुरीवेक्षणमा

बेलायतकी महारानीको स्वास्थ्य बिग्रियो, चिकित्सकीय सुरीवेक्षणमा

Economist Nepal

Thu, Bhadra 23 2079

बेलायतकी महारानीको स्वास्थ्य बिग्रियो, चिकित्सकीय सुरीवेक्षणमा


बेलायतकी महारानीको स्वास्थ्य बिग्रियो, चिकित्सकीय सुरीवेक्षणमा



kharibot

काठमाडौँ । बेलायतकी महारानी एलिजाबेथ द्वितीयको स्वास्थ्य बिग्रिएपछि स्कटल्याण्डको बालमोरल अस्पतालमा चिकित्सकको निगरानीमा रहेकी छन् । चिकित्सकहरूले उनको स्वास्थ्यको बारेमा थप चासो व्यक्त गरेपछि उनलाई अस्पतालमा राखिएको बकिङ्घम प्यालेसले बिहीबार जनाएको छ।

“आज बिहान थप  परीक्षणपछि  उनलाई मेडिकल सुपरीवेक्षणमा रहन सिफारिस गरिएको,” बकिंघम प्यालेसले विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।

यसैबीच ९६ बर्षिय महारानीको स्वास्थ्य बिग्रिएपछि बेलायत र स्कटल्याण्डका सांसद र मन्त्रीहरुले महारानीको स्वास्थ्यलाभको कामना गरेका छन् ।

पछिल्लो केहि दिनदेखि स्वास्थ्य ठिक नभएपछि महारानी स्कटल्याण्डको बालमोरलमा रहेकी छन् । उनले बालमोरलबाट नै गत मंगलबार बोरिस जोन्सनको राजीनामा स्वीकृत गरेकी थिइन् भने लिग ट्रसलाई बेलायतको नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

महारानीको स्वास्थ्य अवस्था बिग्रिएपछि प्रिन्स चार्ल्स र प्रिन्स विलियम्स पनि स्कटल्याण्ड पुगेको बिबिसीले जनाएको छ ।      

 

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.