• Trending:

राष्ट्रपति भण्डारीद्वारा चार राजदूत नियुक्त

राष्ट्रपति भण्डारीद्वारा चार राजदूत नियुक्त

Economist Nepal

Thu, Bhadra 23 2079

राष्ट्रपति भण्डारीद्वारा चार राजदूत नियुक्त


राष्ट्रपति भण्डारीद्वारा चार राजदूत नियुक्त



kharibot

काठमाडौं  । राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले दुई देशका लागि गैरआवासीय र दुई देशका लागि आवासीय नेपाली राजदूत नियुक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत ज्ञानचन्द्र आचार्यलाई माल्टाका लागि र संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत प्रा श्रीधर खत्रीलाई कोस्टारिकाका लागि समेत गैरआवासीय नेपाली राजदूत नियुक्त गरेकी हुन् ।

त्यसैगरी  राष्ट्रपति भण्डारीले हरिश्चन्द्र घिमिरेलाई म्यानमारका लागि र डिल्लीराज पौडेललाई मलेसियाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी छन् ।  

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उनीहरुलाई सो जिम्मेवारी दिइएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । 

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.