• Trending:

पश्चिमी प्रतिबन्ध विश्वकै लागि खतरा- पुटिन

पश्चिमी प्रतिबन्ध विश्वकै लागि खतरा- पुटिन

Economist Nepal

Thu, Bhadra 23 2079

पश्चिमी प्रतिबन्ध विश्वकै लागि खतरा- पुटिन


पश्चिमी प्रतिबन्ध विश्वकै लागि खतरा- पुटिन



kharibot

मस्को ।  युक्रेनमा जारी युद्धको बीचमा रुसमाथि पश्चिमी राष्ट्रहरूले लगाएका प्रतिबन्धहरू सम्पूर्ण विश्वका लागि खतरा भएको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले  बताएका छन् । रुसको भ्लादिभोस्तोकमा पूर्वी आर्थिक मञ्चमा सम्बोधन गर्ने क्रममा उनले सो धारण राखेका हुन् ।   

रुसी राष्ट्रपतिले सोमबार नर्ड स्ट्रिम १ पाइपलाइनबाट जर्मनीमा ग्यासको बहाव पश्चिमा देशहरूले रुसमाथिको प्रतिबन्ध नहटाएसम्म पुनः शुरु नहुने बताएपछि उक्त टिप्पणी सार्वजनिक  भएको अल जजीराले  उल्लेख गरेको छ। यसै बीच युरोपेली संघका मन्त्रीहरू  रुसको ग्यास नियन्त्रण र  चिसो मौसममा यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा  छलफल गर्दै छन् । यद्यपि यस किसिमको छलफललाई मस्कोले  अर्थहीन  भनेर टिप्पणी गरेको छ । 

यसैबीच, चीनका लागि रुसी राजदूत आन्द्रे डेनिसोभले समाचार एजेन्सीहरूलाई  राष्ट्रपतिद्वय पुटिन र सीले अर्को हप्ता उज्वेकिस्तानमा हुने क्षेत्रीय शिखर सम्मेलनमा भेट्ने बताएका छन्। फेब्रुअरी २४ मा रुसले युक्रेनमा आक्रमण शुरु गरेपछि यो पहिलो  प्रत्यक्ष भेट हुने  अल जजीराले जनाएको छ ।  

 

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.