• Trending:

बेलायतकी महारानी एलिजाबेथको निधन

बेलायतकी महारानी एलिजाबेथको निधन

Economist Nepal

Thu, Bhadra 23 2079

बेलायतकी महारानी एलिजाबेथको निधन


बेलायतकी महारानी एलिजाबेथको निधन



kharibot

काठमाडौँ । बेलायतकी महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा स्कटल्याण्डको बालमोरल प्यालेसमा निधन भएको छ ।

बकिङ्घम प्यालेसले महारानी एलिजाबेथको विहिबार बालमोरलमा निधन भएको जानकारी दिएको हो । उनको स्थानमा राजकुमार चार्ल्सलाई राजा बनाइएको छ ।

गत अक्टोबरदेखि स्वास्थ्य समस्यासँग लड्दै गरेकी रानी एलिजाबेथ सार्बजनिक कार्यक्रममा देखिएकी थिइनन् । त्यसैले उनी लण्डनको बकिङ्घम प्यालेसको सट्टा स्कटल्याण्डको बालमोरल क्यासल रहेकी थिइन् ।

बेलायती प्रधानमन्त्री लिज ट्रसले सबैभन्दा लामो समय शासन गर्ने महारानी एलिजाबेथ द्वितीयलाई उनको मृत्यु पछि श्रद्धाञ्जली अर्पण गरेकी छन् ।

महारानी एलिजाबेथ द्वितीयको निधनमा बेलायतका राजा चार्ल्सले एक विज्ञप्ति जारी गर्दै भने- ‘मेरी प्यारी आमा रानीको निधन भएको छ । हामी एक सार्वभौम र धेरै प्यारी आमाको निधनमा गहिरो शोक व्यक्त गर्दछौं । यो म र मेरो सम्पूर्ण परिवारको लागि सबैभन्दा ठूलो दुःखको क्षण हो ।’

९६ बर्षिय महारानी एलिजावेथ १९५२ देखि ७० बर्षसम्म बेलायतको रानी बनेकी थिइन् ।

 

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.