• Trending:

चितवनमा दाना उद्योगमा आगलागी, डेढ करोडको क्षति

चितवनमा दाना उद्योगमा आगलागी, डेढ करोडको क्षति

Economist Nepal

Fri, Bhadra 24 2079

चितवनमा दाना उद्योगमा आगलागी, डेढ करोडको क्षति


२४ भाद्र २०७९, शुक्रबार

latest News nayapage1 scaled

चितवन । पूर्वी चितवनको एक दाना उद्योगमा आगलागी भएको छ । राप्ती नगरपालिका-३ झुरझुरेस्थित मञ्जुश्री दाना उद्योगमा गए राति आगलागी भएको हो ।

कुखुराको दाना राखिएको गोदाममा विद्युत् सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । आगलागीबाट दाना बनाउने मेसिनमा क्षति पुगेको छ । तयारी दाना, दाना उत्पादनका लागि राखिएको मकै, पिना र ढुटो जलेर नष्ट भएको उद्योगका सञ्चालक किरणभूषण ओलीले जानकारी दिए ।

आगलागीबाट करिब रु एक करोड ५० लाख बराबरको क्षति भएको उनले बताए । विद्युत् सर्ट भएर राति करिब पौने २ बजेबाट लागेको आगो दमकल, इलाका प्रहरी कार्यालय भण्डारको टोली र स्थानीयवासीको सहयोगमा डेढ घण्टापछि निभाइएको थियो ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.