• Trending:

उपयुक्त ठाउँ छनोट नहुँदा दुई करोडको स्वास्थ्य चौकी भवन पहिरोको जोखिममा

उपयुक्त ठाउँ छनोट नहुँदा दुई करोडको स्वास्थ्य चौकी भवन पहिरोको जोखिममा

Economist Nepal

Fri, Bhadra 24 2079

उपयुक्त ठाउँ छनोट नहुँदा दुई करोडको स्वास्थ्य चौकी भवन पहिरोको जोखिममा

‘यो ठाउँमा हुँदैन, जोखिम हुन्छ भन्दाभन्दै जबरजस्ती भवन निर्माण गर्ने काम भयो’


health post

बागलुङ । बागलुङ नगरपालिका-९ स्थित तित्याङ स्वास्थ्य चौकी पहिरोको उच्च जोखिममा छ । भवन निर्माण गर्नुपूर्व उपयुक्त ठाउँ छनोट नहुँदा लाखौँ रुपैयाँको लागतमा निर्माण भएको उक्त स्वास्थ्य चौकी भवन पहिरोको जोखिममा परेको हो ।

विसं २०७६ मा निर्माण भएको उक्त भवन नजिकै पहिरा जाने क्रम रोकिएको छैन । भवन माथिदेखि झरेको पहिरोले पछाडितिरका झ्यालमा क्षति पुर्‍याएको छ । भवनमाथिदेखि तथा तलपट्टिबाट पहिरो गएको छ । माथिदेखि झरेको पहिरोले भवन पुरिन थालेको छ । तलदेखि भवनको जगनै उप्किन थालेको छ । रु दुई करोड तीन लाखमा निर्माण भएको सो भवन पहिरोको जोखिममा परेपछि वडा कार्यालयले यसको संरक्षणका लागि पहल थालेको छ ।

बागलुङ नगरपालिका-९ का वडाध्यक्ष राजु थापाले भवन जोखिममा परेपछि यसको संरक्षणका लागि रु ६५ लाख विनियोजन भएको बताए । उनले बर्खा सकिएपछि पर्खाल लगाउने बताए । ‘बर्खा रोकिएपछि पर्खाल लगाएर संरक्षण गर्ने योजना छ’, थापाले भने । ठाउँ उपयुक्त नहुँदा अहिलेको अवस्था सिर्जना भएको उनको भनाइ छ ।

city

‘यो ठाउँमा हुँदैन, जोखिम हुन्छ भन्दाभन्दै जबरजस्ती भवन निर्माण गर्ने काम भयो’, थापाले भने, ‘पानीको मूल फुटने ठाउँमै भवन निर्माण गरिएको छ ।’ भवनको जग नै कमजोर भएको पाइएको छ । उक्त भवन निर्माणका लागि स्थानीय यामबहादुर खड्का र बेलबहादुर खत्रीले चार रोपनी जग्गा दान गरेका हुन् ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.