• Trending:

कलंकीमा ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कलंकीमा ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

Economist Nepal

Fri, Bhadra 24 2079

कलंकीमा ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु


२४ भाद्र २०७९, शुक्रबार

accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

काठमाडौं । काठमाडौं महानगरपालिका-१४ कलंकीमा गएराति रोकीराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भिर घाईते भएका छन् ।

दुर्घटनामा मोटरसाइकल चालक काठमाडौं बसन्तपुरका ३१ वर्षिय सुनोजमान डंगोल र पछाडी सवार ललितपुर बाडेगाउँका २२ वर्षिय अभिषेक मर्हजन गम्भिर घाईते भएका थिए । घाईते दुबैको शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेकोमा चालक डंगोलको राति पौने २ बजे मृत्यु भएको हो ।

गएराति १ बजे डंगोलले चलाएको प्रदेश ३ ,०२ ००३ प ८८८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा रोकिराखेको बागमति प्रदेश ०३ ००१ ख २०४० नम्बरको ट्रकमा ठोक्किएको थियो । दुबै सवारी साधन र ट्रक चालक नियन्त्रणमा रहेको प्रहरी वृत्त कालीमाटीले जानकारी दिएको छ ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.