• Trending:

लहान क्षेत्रमा खानेपानीको मिटर चोरी बढ्यो

लहान क्षेत्रमा खानेपानीको मिटर चोरी बढ्यो

Economist Nepal

Fri, Bhadra 24 2079

लहान क्षेत्रमा खानेपानीको मिटर चोरी बढ्यो


mitar water

सिरहा । लहान नगर क्षेत्रभित्र केही दिन यतादेखि खानेपानीको मिटर चोर्नेको बिगीबिगी बढ्न थालेको छ । गत बुधबार बिहान ४ बजेतिर लहान नगरपालिका-६ राधाकृष्ण चोकस्थित सहिजा खातुन, दिनेश साह र रामबाबु दासको घरकोे धाराको मिटर चोरी भएपछि उनीहरु गुनासो गर्न नेपाल खानेपानी संस्थान लहान शाखामा आएपछि यो कुरा बाहिर आएको शाखाका निमित्त प्रमुख सूर्यनारायण चौधरीले जानकारी दिए ।

विगत केही दिनदेखि यो घटना बढ्दै आएको र राधाकृष्ण चोकको एक घरको सिसी टिभीको फुटेज हेर्दा मिटर चोरी गर्ने व्यक्तिले शिरदेखि पाउँसम्म कालो कपडाले पूरै बेरिएर मिटर चोरी गरेको देखिएको तर व्यक्तिको पहिचन नसकेपछि खानेपानीमा निवेदन दिन गएको स्थानीयवासीले बताए ।

उक्त शाखामा केही दिन यतादेखि चोरी भएको मिटरका लागि गुनासो लिएर आउनेको सङ्ख्या ३५ पुगेको छ । संस्थानमा आएको निवेदनमध्ये वडा नं ५ र ६ बाट मिटरका लागि बढी मात्रामा निवेदन आउने गरेकाले सो क्षेत्रबाट बढी मात्रामा मिटर चोरी भएको सो संस्थानका वितरण शाखा प्रमुख लट्टु यादवले बताए ।

city

त्यति मात्र नभएर केही समय अगाडि खानेपानीको धारामा लगाइको पित्तलको धारोको पनि चोरी बढेको र अहिले धाराको टुटी मात्र नभएर मिटर नै चोरी हुन थालेपछि यहाँ आउने ग्राहकलाई इलाका प्रहरी कार्यालयमा निवेदन दिन आग्रह गरिएको उनले जानकारी दिए । खानेपानीको नयाँ मिटर किन्दा एक हजार ६०० भन्दा बढी लाग्ने र तर चोरी गरेको मिटर सस्तो दाममा बेचेर लागुऔषध सेवनकर्ताले यस्तो गरेको हुनसक्ने स्थानीय एक व्यक्तिले बताए ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.