• Trending:

निर्देशक दिनेश लिङ्देनले गरे प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी घोषणा

निर्देशक दिनेश लिङ्देनले गरे प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी घोषणा

Economist Nepal

Fri, Bhadra 24 2079

निर्देशक दिनेश लिङ्देनले गरे प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी घोषणा


Dinesh.jpg 1

काठमाडौं । निर्माता तथा निर्देशक दिनेश लिङ्देनले पाँचथर जिल्लाबाट प्रतिनिथि सभा सदस्यका लागि उम्मेदवारी दिने भएका छन् । उनले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य पदका लागि पाँचथरबाट उम्मेदवारी दिने भएका हुन् । पाँचथरमा एउटा मात्र प्रतिनिधिसभाको निर्वाचन क्षेत्र छ ।

निर्माता तथा निर्देशक लिङ्देनले सीप- योग्यतालाई रोजगार, शिक्षामा सुधार, कृषिलाई बजार र विशेष प्राथमिकताका साथ स्वास्थ्य उपचार भन्ने मुख्य एजेन्डा लिएर पाँचथरबाट संघीय सांसदका लागि उम्मेदवारी दिने बताएका छन् ।
लिङ्देन लामो समय नेकपा माओवादीको विभित्र संगठनहरुको केन्द्रीय कमिटिमा रहेर काम गरिसकेका छन् ।

‘माओवादीलगायत अन्य सबै राजनीतिक दलका नेतृत्वहरु देश र जनताभन्दा पनि सत्ता र स्वार्थमा मात्र बढी केन्द्रित रहेकोले अब उनीहरुबाट कुनै सम्भावना छैन’, उनले भने, ‘पार्टीको कार्यकर्ताका नाममा राजनीति दास नभई त्योभन्दा माथि उठेर मुलुक परिवर्तनका लागि केही गर्ने उपयुक्त समय आएकोले उम्मेदवारी दिने घोषणा गरेको हुँ ।’

city

उनले पाँचथर र पाँचथरवासीका लागि निस्वार्थ भावसहित सांसद वा माननीय नभई एउट सेवक भएर काम गर्ने इच्छाशक्तिका साथ उम्मेदवारी दिएको दाबी गरे । उनले ‘रीत’, ‘शान्ति’, ‘अञ्जली’, ‘तलास’ लगायतका एक दर्जन बढी फिल्म निर्देशन गरिसकेका छन् ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.