• Trending:

उत्तर कोरियाद्वारा आफूलाई परमाणु हतियार सम्पन्न देश घोषणा

उत्तर कोरियाद्वारा आफूलाई परमाणु हतियार सम्पन्न देश घोषणा

Economist Nepal

Fri, Bhadra 24 2079

उत्तर कोरियाद्वारा आफूलाई परमाणु हतियार सम्पन्न देश घोषणा


6244f7763c4642788f9dd51131a8b4ad 6244f7763c4642788f9dd51131a8b4ad 03cb6743a9ac46b1bbed5826a4663000

काठमाडौं । उत्तर कोरियाले आफूलाई परमाणु हतियार सम्पन्न देश घोषणा गरेको छ । यसका लागि उत्तर कोरियाले एक कानुन पास गरेको बीबीसीले जनाएको छ । उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएले यसबारेमा जानकारी दिएको खबरमा उल्लेख छ ।

उत्तर कोरियाका राष्ट्रपति किम जोङ उनले यो घोषणामा कुनै परिवर्तन नहुने बताएका छन् । उनले यसबारेमा कुनै पनि स्तरको वार्ताको सम्भावना नहुने पनि बताएको बीबीसीले जनाएको छ ।

यस कानुनका अनुसार उत्तर कोरियालाई आफ्नो रक्षाका लागि परमाणु हतियार प्रयोग गर्ने अधिकार हुनेछ । विभिन्न प्रतिबन्धका बाबजुद उत्तर कोरियाले सन् २००६ र २०१७ को बीचमा ६ परमाणु परीक्षण गरेको छ । संयुक्त राष्ट्र सुरक्षा परिषद्को कैयौँ प्रस्तावको बाबजुद उत्तर कोरियाले आफ्नो सैन्य क्षमता बढाएको छ ।

city

अमेरिकाका तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पसँग किम जोङको दुई पटक शिखर वार्ता भएको थियो तर कुनै नतिजा भने निस्किएन । त्यसपछि भने अमेरिका र उत्तर कोरियाबीच कुराकानी रोकिएको छ । यद्यपि जो बाइडन सरकारले उत्तर कोरियासँग वार्ता गर्न चाहेको सङ्केत दिएको थियो । तर राष्ट्रपति बाइडनले किम जोङ उनसँग भेट गर्ने/नगर्ने भन्नेबारे स्पष्ट थिएन । यस वर्ष उत्तर कोरियाले कीर्तिमानी संख्यामा ब्यालेस्टिक मिसाइल परीक्षण गरेको थियो । यही कारण कोरिया प्रायद्वीपमा तनाव बढेको छ ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.