• Trending:

काठमाडौं महानगरद्वारा पशुपति क्षेत्रका अव्यवस्थित संरचना हटाउन शुरु

काठमाडौं महानगरद्वारा पशुपति क्षेत्रका अव्यवस्थित संरचना हटाउन शुरु

Economist Nepal

Fri, Bhadra 24 2079

काठमाडौं महानगरद्वारा पशुपति क्षेत्रका अव्यवस्थित संरचना हटाउन शुरु


२४ भाद्र २०७९, शुक्रबार

pashupati byapar tahara
फाइल फोटो

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आज (शुक्रबार) बिहानदेखि पशुपति क्षेत्रका अवैध संरचना हटाउन शुरु गरेको छ । महानगरपालिकाले सूचना जारी गर्दै अव्यवस्थित संरचना तत्काल हटाउन आग्रह गर्दा अटेर गरेको भन्दै आजदेखि अव्यवस्थित संरचना हटाउन शुरु गरेको हो ।

वडा नं ८ का अध्यक्ष आशामान सङ्गतले पशुपतिनाथ वरपर निर्माण गरिएका अवैध संरचना तत्काल हटाउन व्यवसायीसँग आग्रह गरे पनि व्यापारीले नहटाएका कारण महानगरको टोलीले हटाउन शुरु गरेको हो । पटक-पटक आग्रह गर्दा समेत पसल तथा व्यवसायीले नमानेपछि आफै स्थलगतरूपमा उत्रिएर संरचना हटाउन थालिएको अध्यक्ष सङ्गतले बताए ।

पशुपति क्षेत्रका पसल व्यवसायीलाई आज अवैध संरचना हटाउन आग्रह गरिएको र यसलाई अवज्ञा गरे शनिबारदेखि महानगरले सामान उठाएर लैजाने समेत अध्यक्ष सङ्गतले जानकारी दिए । पशुपति क्षेत्र विकास कोषले अव्यवस्थित संरचनाबाट भाडा उठाइरहेकाले वडामा समेत दर्ता नभएका पसल संरचना आजदेखि बन्द गरिएको वडा कार्यालयले जनाएको छ । दशैँ-तिहार जस्ता चाडवाडका बीचमा पसल हटाउँदा रोजीरोटी गुम्ने अवस्था आएकाले महानगर तथा वडा कार्यालयले आफ्ना समस्याका विषयमा विचार गरी चाडवाडसम्म पसल सञ्चालन गर्न दिन व्यापारीले आग्रह गरेका छन् ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.