• Trending:

भारतविरुद्ध सानदार जित निकाल्दै नेपाल समूह विजेता

भारतविरुद्ध सानदार जित निकाल्दै नेपाल समूह विजेता

Economist Nepal

Fri, Bhadra 24 2079

भारतविरुद्ध सानदार जित निकाल्दै नेपाल समूह विजेता


२४ भाद्र २०७९, शुक्रबार

ezgif.com gif maker 31 min 7

काठमाडौं । श्रीलंकामा जारी साफ यू १७ च्याम्पियनसिपमा नेपालले शुक्रबार भारतविरुद्ध सानदार जित निकालेको छ । समूह विजेता र उपविजेताको टुंगो लाग्ने खेलमा उत्कृष्ट पूनरागमनका साथ नेपालले ३–१ को विजय हासिल गरेको छ ।

नेपाल समूहको विजेता र भारत उप विजेता बनेको छ । नेपालले ६ अंक जोड्दा भारतको ३ अंक मात्र छ । भुटान अंक विहिन रहँदै यसअघि नै च्याम्पियनसिपबाट बाहिरिएको छ । १–० ले पछि परेको खेलमा नेपालले उल्टाएको थियो । पहिलो हाफको अन्तिम मिनेटमा १–१ को बराबरी गरेको नेपालले दोस्रो हाफमा २ गोल थपेको थियो । नेपालका लागि सरोज दर्लामी, युनेश बुढाथोकी र सुवास बमले समान १ गोल गरेका छन् ।

२५ औं मिनेटमा भारतका लागि ड्यानी मेतीको गोलमा भारतले अग्रता लिएको थियो । ४५ औं मिनेटमा सरोजले बराबरी गोल फर्काएका थिए । दोस्रो हाफको चौथो मिनेटमा नै युनेशको गोलबाट नेपालले अग्रता लिएको थियो । ६७ औं मिनेटमा सुवासले गोल थपेका थिए । नेपाल र भारतले दुवैले पहिलो खेल जित्दै सेमिफाइनलको यात्रा तय गरिसकेका छन् । समूह एमा आयोजक श्रीलंका, बंगलादेश र माल्दिभ्स छन् । समूह एको उपविजेतासँग नेपालले सेमिफाइनल खेल्नेछ ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.