• Trending:

कर्ण मल्ले डडेल्धुरामा देउवाविरुद्ध चुनाव लड्ने

कर्ण मल्ले डडेल्धुरामा देउवाविरुद्ध चुनाव लड्ने

Economist Nepal

Fri, Bhadra 24 2079

कर्ण मल्ले डडेल्धुरामा देउवाविरुद्ध चुनाव लड्ने


२४ भाद्र २०७९, शुक्रबार

deuwa karna malla

डडेल्धुरा । नेपाली कांग्रेस बीपीका वरिष्ठ उपसभापति कर्णबहादुर मल्लले डडेलधुराबाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ उम्मेदवारी घोषणा गरेका छन् ।

शुक्रबार बीपी कोइरालाको १०९औं जन्मजयन्तीको अवसरमा डडेल्धुरामा आयोजित कार्यकर्ता भेलामा मल्लले डडेल्धुराबाट चुनाव लड्ने घोषणा गरेका हुन् ।

नेपाली कांग्रेस बीपीको कार्यालय डडेल्धुरामा आयोजित भेलामा कांग्रेस बीपीका केन्द्रीय सभापति सुशीलमान शेरचन समेत सहभागी थिए । मल्लले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध प्रतिनिधि सभामा प्रत्यक्षतर्फ चुनाव लड्ने बताएका हुन् । कांग्रेसबाट कारबाहीमा परेका मल्ल केही समय अगाडि कांग्रेस बीपीमा प्रवेश गरेका थिए ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.