• Trending:

दया फाउन्डेसन कल्चरल भिडियो कन्टेस्ट नेवारी संस्करणको घोषणा

दया फाउन्डेसन कल्चरल भिडियो कन्टेस्ट नेवारी संस्करणको घोषणा

Economist Nepal

Fri, Bhadra 24 2079

दया फाउन्डेसन कल्चरल भिडियो कन्टेस्ट नेवारी संस्करणको घोषणा


२४ भाद्र २०७९, शुक्रबार

DSC 5039

काठमाडौं । दया फाउन्डेसनले नेवारी परम्परा, संस्कृति, मुल्यमान्यतामा आधारित बिषयवस्तुहरु झल्काउने सम्वन्धी कल्चरल भिडियो कन्टेस्टको घोषणा गरेको छ ।
उक्त कार्यक्रमको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले गरे ।
ईन्द्र जात्राको अवसरमा शुरू गरिएको यस प्रतियोगिताका प्रतियोगीहरुले ३ मिनेटसम्मको उल्लेखित बिषयवस्तुमा आधारित भिडियो बनाई प्रस्तुत गर्नुपर्ने बताइएको छ ।

उक्त्त प्रतियोगिताको पहिलो चरणमा २०७९ आश्विन १५ गते शनिबारका दिन बेलुकी ६ बजे जूम मटिङ मार्फत प्रतियोगीहरुको छनौट गरिनेछ र पहिलो चरणमा छनौट भएका प्रतियोगीहरुहरुले पौष १६ गते भित्र आफुले तयार गरेको भिडियो दया फाउन्डेसनको ईमेल [email protected] ​ मा पठाइसक्नुपर्नेछ ।

यस प्रतियोगिताको विजेताको घोषणा २०७९ माघ १ गतेका दिन गरिने कम्पनीले जनाएको छ ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.