• Trending:

विद्यालयका भवन जीर्ण – Naya Page 2022

विद्यालयका भवन जीर्ण – Naya Page 2022

Economist Nepal

Sat, Bhadra 25 2079

विद्यालयका भवन जीर्ण – Naya Page 2022


२५ भाद्र २०७९, शनिबार

school 1

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका-१४ स्थित आधारभूत विद्यालय खौसापुरको भवन जीणर् बनेको छ । विसं २०१७ मा स्थापना भएको उक्त विद्यालयका सबै भवन जीर्ण छन् । भवनबाट पानी चुहिन्छ । खानेपानीको अवस्था पनि त्यस्तै छ । शौचालय पनि जीणर् छन् ।

विद्यार्थीलाई निकै त्रास हुने गरेको छ । ‘भवन निकै जीणर् अवस्थामा छन्, यो उपमहानगरपालिकाभित्रको अलि विकट ठाउँमा भएर पनि होला, विकास हुन सकेको छैन’, विद्यालय व्यवस्थापन समितिका सदस्य वामदेव केसीले भने, ‘यो विद्यालयको भौतिक सुधारका लागि हामीले पहल गरिरहेका छौँ ।’ पुरानो विद्यालय भए पनि भौतिक संरचनाका हिसाबले निकै पछि परेको उनले गुनासो गरे । केही महिनाअघि मात्रै तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशखाको तीन लाख ५७ हजार बजेटले एउटा भवनको जस्तापाता खरिद, पेन्ट तथा प्लास्टर गरिएको थियो ।

उक्त विद्यालय शिशु कक्षादेखि ८ सम्म सञ्चालित छ । सोही विद्यालयमा अहिले दुई सय २२ विद्यार्थी अध्ययनरत छन् । सोही विद्यालयको भौतिक संरचनालाई पुनःनिर्माण तथा थप गर्नका लागि पहल भइरहेको वडाध्यक्ष शङ्कर खड्काले बताए । उक्त विद्यालय पुरानो पनि भएकाले यसलाई सुधार गर्न आवश्यक रहेको उनको भनाइ थियो । त्यहाँको खानेपानीको संरचना, शौचालय पनि निकै जीर्ण अवस्थामा रहेकाले त्यसको सुधारका लागि पहल भइरहेको समेत उनले बताए । त्यस आसपासका बालबालिकालाई अध्ययन गर्न उक्त विद्यालयमा निकै सहज हुने गरेको छ ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.