• Trending:

दार्चुलामा बाढीले दर्जन बढी घर बगायो, एकै घरका चारसहित ११ बढी बेपत्ता

दार्चुलामा बाढीले दर्जन बढी घर बगायो, एकै घरका चारसहित ११ बढी बेपत्ता

Economist Nepal

Sat, Bhadra 25 2079

दार्चुलामा बाढीले दर्जन बढी घर बगायो, एकै घरका चारसहित ११ बढी बेपत्ता


badhi0

दार्चुला । लगातारको भारी वर्षासँगै दार्चुला सदरमुकाम खलंगा क्षेत्रमा ठूलो बाढी आएको छ । लास्कु खोलामा आएको बाढीले एक दर्जन बढी घरहरू बगाएको छ । बाढीमा परी हालसम्म ११ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

डुङुरीमा लास्कु खोलामा आएको बाढिले एकै घरका चार जना वेपत्ता भएको जिल्ला पहरी कार्यालय दार्चुलाका निमित्त प्रहरी प्रमुख जगत गाहामगरले जानकारी दिए । यस्तै बंगाबगड क्षेत्रमा आधा दर्जन घर महाकालीले बगाएको छ ।

नौगाडमा आएको बाढि र पहिरोले आधादर्जन बढि घरहरुमा क्षति पुगेको स्थानीय प्रेमसिह ठगुन्नाले जानकारी दिए । पहिरोले पुरेर दुई जनाको मृत्यु भएको छ । नौगाड गाउँपालिका १ का जानकी ठगु्न्नाको मृत्यु भएको छ भने वडा नम्बर २ मा मोहनराम पार्की वेपत्ता भएका छन् । खलंगास्थित दशरथनगर आधारभूत विद्यालय बाढिले बगाएको छ । दुहुँ र महाकाली जोड्ने लास्कु झोलुंगे पुल र मोटरवेल पुल लास्कु खोलाले बगाएको छ । दार्चुला तिंकर सडक अवरुद्ध भएको छ ।

city

दार्चुला तिंकर सडकमा पार्किङमा राखिएका चार वटा जिपहरु महाकालीले बगाएको छ । महाकाली नदी नियन्त्रण आयोजनाले निर्माण गरेको पक्की तटबन्धमा क्षति पुर्‍याएको छ ।

बाढीले एउटा झोलुङ्गे पुल र एउटा पक्की पुल समेत बगाएको छ । अहिले घटनास्थलमा उद्धार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएका छन् । घटनाको थप विवरण आउनै बाँकी छ ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.