• Trending:

छाेरी कृतिकासहित हिमानी गोरखा दरबारमा

छाेरी कृतिकासहित हिमानी गोरखा दरबारमा

Economist Nepal

Sat, Bhadra 25 2079

छाेरी कृतिकासहित हिमानी गोरखा दरबारमा

Naya Page

छाेरी कृतिकासहित हिमानी गोरखा दरबारमा

गोरखा । पूर्व युवराज्ञी हिमानी शाहले शाह वंशको कुल देवता गोरखकालिका र गोरखनाथको पूजा गरेकी छिन् । शनिबार बिहान साँढे ८ बजे गोरखकाली मन्दिर पुगेकी हिमानी र उनकी छोरी कृतिकाले डेढ घण्टा लगाएर तान्त्रिक विधिले गोरखकाली र गोरखनाथको पूजा गरेकी हुन् ।

साथै कैलाशकुटमा राखिएको देवीको दर्शन गरेकी छिन् । कैलाशकुट प्रवेशमा राज खलकबाहेक अरुलाई अनुमति छैन । राज खलकले तान्त्रिक विधिबाट गोरखकालीको पूजाअर्चना गर्ने गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरि भुषालले जानकारी दिए ।

उनीहरूले हालै पुनर्निर्माण सम्पन्न भएको चार सय वर्ष पुरानो गोरखा दरबारको पनि अवलोकन गरेका थिए । हिमानी ट्रष्टले वितरण गर्ने स्टेशनरी सामग्री हस्तान्तरणका लागि उनी शुक्रबार राती गोरखा आइपुगेकी हुन् । ट्रष्टले तीन हजारभन्दा धेरै विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गर्ने कार्यक्रम रहेको छ ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.