• Trending:

अर्घाखाँचीका भुसाल भारतमा दिगो विकास दूतको रूपमा सम्मानित

अर्घाखाँचीका भुसाल भारतमा दिगो विकास दूतको रूपमा सम्मानित

Economist Nepal

Sat, Bhadra 25 2079

अर्घाखाँचीका भुसाल भारतमा दिगो विकास दूतको रूपमा सम्मानित


ar 1

अर्घाखाँची । नेपाली मोटिभेसन क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल मोटिभेश्नल स्पिकर केपी भुसाल भारतमा सम्मानित भएका छन् ।

भारतको हैदरावादमा सम्पन्न आर्टिफिसियल इन्टेलिजेन्स फर सस्टनेवल डेभ्लपमेन्ट नामक अन्तर्राष्ट्रिय सम्मेलनमा भुसाल दिगो विकास दूतका रूपमा सम्मानित भएका हुन् । भारत सरकारको सूक्ष्म, लघु तथा मध्यम उद्यम मन्त्रालय र बहुउद्देश्यीय सचेतना केन्द्रको संयुक्त आयोजनामा होटेल ताजमहलमा सम्पन्न सम्मेलनमा प्रमुख वक्ताको रूपमा पुगेका भुसाललाई विशेष सम्मान गरिएको हो ।

अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेका अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका-३ बाँजाखर्क स्थायी घर भएका भुसालले कानुन विषयमा समेत स्नातक गरेका छन् ।ब

city

मध्यम परिवारमा जन्म भई कक्षा १२ सम्म अर्घाखाँचीको धारापानीमा अध्ययन गरेका भुसालले आम नेपालीहरूमा सकारात्मक चेत प्रवाह गर्न सके आत्महत्या, बालविवाह, बलात्कार जस्ता अपराध कम हुनसक्ने बत्ताउँछन् । विभिन्न संघ संस्था तथा स्थानीय सरकारसँगको समन्वयमा देशभर व्यक्तित्व विकास, नेतृत्व विकास र उद्यमशीलता अभिवृद्धि सम्बन्धी सेमिनार सम्पन्न गर्ने लक्ष्य रहेको भुसालले बताए ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.