• Trending:

२० वर्षमुनिको एसिया कप फुटबल छनोट : नेपाल भुटानसँग २-० गोलले पराजित

२० वर्षमुनिको एसिया कप फुटबल छनोट : नेपाल भुटानसँग २-० गोलले पराजित

Economist Nepal

Sun, Bhadra 26 2079

२० वर्षमुनिको एसिया कप फुटबल छनोट : नेपाल भुटानसँग २-० गोलले पराजित


u20 football

काठमाडौं । २० वर्षमुनिको एसियाकप फुटबल छनोटको पहिलो खेलमा नेपाल भुटानसँग पराजित भएको छ । बहराइनको शेख अलि विन मोहम्मद अल खलिफा मैदानमा गए राति भएको खेलमा भुटानले नेपाललाई २-० ले हराएको हो ।

भुटानले दुवै हाफमा एक/एक गोल गर्न सफल भयो । खेलको ३३ औं मिनेटमा भुटानका सोनाम छोझाङ र दोस्रो हाफको सुरुमै कर्मा टासी जाम्सोले गोल गरे । खेलको इञ्जुरी समयको अन्तिम मिनेटमा नेपाल १० खेलाडीमा समेटिएको थियो ।

अभिषेक वाइबाले फल गरेपछि रेफ्रीले उनलाई रातो कार्ड दिएका थिए । जितसँगै भुटानले पहिलो खेलमा महत्त्वपूणर् ३ अङ्क जोडेको छ । नेपालले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ । छनोटको समूह ‘बी’ मा नेपाल, भुटान, कतार, बहराइन र बङ्गलादेश रहेका छन् ।

city

अब नेपालले दोस्रो खेलमा सोमवार कतारसँग, बिहीवार बहराइनसँग र आउँदो आइतवार बङ्गलादेशसँग खेल्नेछ । समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा हुने २० वर्षमुनिको एसियन कपमा स्थान बनाउने छ ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.