• Trending:

ट्रसको मन्त्रिपरिषदमा चार अश्वेत नेतालाई महत्वपूर्ण जिम्मेवारी

ट्रसको मन्त्रिपरिषदमा चार अश्वेत नेतालाई महत्वपूर्ण जिम्मेवारी

Economist Nepal

Sun, Bhadra 26 2079

ट्रसको मन्त्रिपरिषदमा चार अश्वेत नेतालाई महत्वपूर्ण जिम्मेवारी


liz truss cabinet

लन्डन । नयाँ बेलायती प्रधानमन्त्री लिज ट्रसले मन्त्रिपरिषदद्ध गठन गरेकी छन् । जहाँ पहिलो पटक अश्वेतलाई महत्वपूर्ण मन्त्रालयको जिम्मा दिइएको छ । ट्रसले क्वासी क्वार्टेङलाई पहिलो अश्वेत अर्थमन्त्रीको रूपमा नियुक्त गरेकी छिन् । उनका आमाबाबु सन् १९६० को दशकमा घानाबाट आएका थिए । त्यस्तै जेम्स क्लिभरली पहिलो अश्वेत विदेश मन्त्री बनेका छन् ।

क्लिभरलीकी आमा सियरा लियोनकी हुन् भने बुबा अश्वेत हुन् । उनले विगतमा अश्वेत मतदाताहरूलाई आकर्षित गर्न पार्टीले अझ धेरै गर्न आवश्यक भएको बताएका थिए ।

त्यस्तै, अश्वेत समुदायकै प्रतिनिधत्व गर्ने सुएला ब्रेभरम्यानलाई गृह मन्त्रालयको जिम्मा दिइएको छ । उनका आमाबाबु केन्या र मरिससका हुन् ।

city

ट्रस मंगलबार मात्र देशको प्रधानमन्त्री बनेकी थिइन् । उनी देशकै तेस्रो महिला प्रधानमन्त्री हुन् । यसैबीच, निवर्तमान प्रधानमन्त्री बोरिस जोनसनले आफ्ना उत्तराधिकारी लिज ट्रसलाई समर्थन गर्ने वाचा गरेका छन् ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.