• Trending:

एसिया कप क्रिकेटको उपाधिका लागि आज पाकिस्तान र श्रीलङ्का भिड्दै

एसिया कप क्रिकेटको उपाधिका लागि आज पाकिस्तान र श्रीलङ्का भिड्दै

Economist Nepal

Sun, Bhadra 26 2079

एसिया कप क्रिकेटको उपाधिका लागि आज पाकिस्तान र श्रीलङ्का भिड्दै


२६ भाद्र २०७९, आईतवार

shr

काठमाडौं । एसिया कप टी-२० क्रिकेटको उपाधिका लागि आज पाकिस्तान र श्रीलङ्का भिड्दै छन् । खेल नेपाली समयअनुसार बेलुका पौने आठ बजे दुबई इन्टरनेशनल मैदानमा शुरु हुनेछ ।

श्रीलङ्का सुपर चारमा अपराजित रहँदै फाइनल पुगेको हो । पाकिस्तान भने सुपर चारमा श्रीलङ्कासँग ५ विकेटले पराजित भएको थियो । पछिल्ला पाँच टी-२० खेलमा श्रीलङ्का ४ र पाकिस्तान एक खेलमा विजयी भएको छ ।

गएको ११ गतेदेखि शुरु भएको प्रतियोगितामा साविक विजेता भारतसहित पाकिस्तान, श्रीलङ्का, अफगानिस्तान, हङकङ र बङ्गलादेश सहभागी थिए । समूह ‘ए’ बाट पाकिस्तान र ‘बी’ बाट श्रीलङ्का शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.