
बुटवल । नेकपा (एकीकृत समाजवादी) का रुपन्देही इञ्चार्ज डा. बालकृष्ण चापागाईं नेकपा (एमाले) मा फर्किएका छन् ।
एमाले उपाध्यक्ष विष्णु पौडेलले आफ्नो फेसबुकमार्फत चापागाईं एमालेमा फर्किएको पुष्टि गरेका हुन् ।
आइतबार बिहान करिब ९.३० बजे एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष पौडेलसहितका नेताले चापागाईंलाई एमालेमा स्वागत गरेका हुन् । चापागाईं प्रेस चौतारीका पूर्व अध्यक्ष हुन् । राससका पूर्व अध्यक्ष समेत हुन् । उनी एमाले नेता घनश्याम भुसाल निकट मानिन्छन् ।
Comments
Related News



