• Trending:

बाघको आक्रमणबाट मृत्यु – Naya Page 2022

बाघको आक्रमणबाट मृत्यु – Naya Page 2022

Economist Nepal

Sun, Bhadra 26 2079

बाघको आक्रमणबाट मृत्यु – Naya Page 2022


२६ भाद्र २०७९, आईतवार

tiger

चितवन । चितवनको माडीमा बाघको आक्रमणबाट एक वृद्वको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका-२ ढिकुनका ६८ वर्षीय सूर्यनाथ अधिकारी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार शनिबार भैँसी चराउन सामुदायिक वनमा गएका अधिकारीलाई बाघले आक्रमण गरेको हो ।

शनिबारदेखि हराएका अधिकारी आज बिहान ८ः३० वजे मृत भेटिएका हुन् । शव मध्यवर्ती सामुदायिक वन अमिलियामा बाघले आक्रमण गरेको जस्तो देखिएको अवस्थामा भेटिएको कार्यालयले जनाएको छ । शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.