• Trending:

बरुण हाइड्रोपावरको हकप्रद शेयरमा दरखास्त दिने समय थप

बरुण हाइड्रोपावरको हकप्रद शेयरमा दरखास्त दिने समय थप

Economist Nepal

Sun, Bhadra 26 2079

बरुण हाइड्रोपावरको हकप्रद शेयरमा दरखास्त दिने समय थप


२६ भाद्र २०७९, आईतवार

IPO

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीले हकप्रद शेयरमा आवेदन दिने म्याद थप गरेको छ । यसमा अब भदौ ३१ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले भदौ ६ गतेदेखि २६ गतेसम्म १ः१ अनुपातमा हकप्रद शेयर बिक्री खुला गरेको थियो । तर, यस अवधिमा सबै बिक्री नभएपछि म्याद थपिएको हो । हाइड्रोपावरले प्रति कित्ता १०० रुपैयाँ दरले कुल २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद शेयर विक्रीमा ल्याएको हो ।

बरुणले हकप्रद शेयर बिक्रीका लागि साउन २ गते बुक बन्द गरेको थियो । साउन १ गतेसम्म कायम रहेका शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन सक्ने छन् । यसमा बिक्री प्रबन्धकको काम आरबीबी मर्चेन्ट बैंकिङले गरेको छ । हकप्रदमा आरबीबी मर्चेन्ट बैंकिङ र राष्ट्रिय वाणिज्य बैंकको विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै, मेरो शेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.