• Trending:

ङादी ग्रुप पावरको १२ लाख ५७ हजार कित्ता शेयर लिलामी खुल्दै

ङादी ग्रुप पावरको १२ लाख ५७ हजार कित्ता शेयर लिलामी खुल्दै

Economist Nepal

Sun, Bhadra 26 2079

ङादी ग्रुप पावरको १२ लाख ५७ हजार कित्ता शेयर लिलामी खुल्दै


IPO

काठमाडौं । ङादी ग्रुप पावरको २ असोजदेखि सर्वसाधारण समूहको १२ लाख ५७ हजार २९० कित्ता शेयर लिलामी बिक्री खुला हुने भएको छ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ ।

लिलामी भर्ने अन्तिम म्याद १३ असोजसम्म तोकिएको छ । यसमा न्यूनतम १०० कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

ङादी ग्रुप पावरले गत १८ साउनदेखि १५० प्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको थियो । कम्पनीले १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद शेयर बिक्री खुला गरेकोमा ९३ लाख ४६ हजार ६९६ कित्ताका लागि मात्र आवेदन परेको थियो । त्यस समयभित्र आवश्यकता अनुसार हकप्रद सेयर नबिकेपछि कम्पनीले बाँकी रहेको शेयर अब लिलामीमा ल्याउन लागेको हो ।

city

यसमा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नारायणचौर, नक्साल, काठमाडौंबाट आवेदन दिन सकिनेछ । यसैगरी, सिद्धार्थ बैंक लिमिटेडका शाखा कार्यालयहरु विराटनगर, विर्तामोड, वीरगञ्ज , जनकपुर, पोखरा, बाग्लुङ्ग, बुटवल, घोराही, नेपालगन्ज, सुर्खेत, घनगढी र महेन्द्रनगरबाट पनि आवेदन दिन पाइनेछ ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.