• Trending:

निलम्बित प्रधानन्यायाधीश जबराको सिंहदरबारमा बयान शुरु

निलम्बित प्रधानन्यायाधीश जबराको सिंहदरबारमा बयान शुरु

Economist Nepal

Sun, Bhadra 26 2079

निलम्बित प्रधानन्यायाधीश जबराको सिंहदरबारमा बयान शुरु


cholendra bayanjpg

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको आज (आइतबार) को बयान शुरु भएको छ । आफूमाथि लागेको महाभियोगबारे बयान दिन निलम्बित प्रधानन्यायाधीश जबरा साढे १२ बजे सिंहदरबार पुगेका थिए ।

प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले जबराको बयान लिइरहेको छ । यसअघि समितिले भदौ १५ र १६ र १९ मा जबरासँग बयान लिएको थियो । जबरामाथि अनुसन्धान गर्न ११ सदस्यीय समिति गठन गरिएको छ । जबरासँग प्रतिनिधिसभा, महाअभियोग सिफारिस समितिले भदौ १५ बाट बयान लिन शुरु गरेको हो । जबरासँग प्रश्न सोध्न बाँकी रहेकाले आज समिति बैठक पुनः बसेको हो ।

बयानका लागि ४३ वटा प्रश्न तयार पारिएका छन् । जसमध्ये हालसम्म ११ वटा मात्रै प्रश्न सोधिएका छन् । बयानका क्रममा जबराले महाभियोग निस्कृय भइसकेको दावी गरेका छन् । उनले आफ्नै सहकर्मी न्यायाधीशहरुलाई समेत विभिन्न आरोप लगाएका छन् । न्यायालयको सुदृढीकरणका लागि काम गर्दागर्दै आफू विवादमा मुछिनुपरेको उनको भनाइ थियो ।

city

आफूविरुद्ध ल्याइएको महाभियोग प्रस्ताव संविधान र नियमावलीविपरीत भएको उनको दाबी गरेका छन् । न्यायालयमा विचलन ल्याएको, भ्रष्टाचार र बिचौलियाले प्रवेश पाएको र कार्यपालिकामा भागबण्डा खोजेको लगायतका आरोप जबरामाथि लगाइएको छ ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.