• Trending:

‘देशद्रोही’ पुस्तक प्रकाशनको अभियोगमा हङकङका पाँच जनालाई जेल

‘देशद्रोही’ पुस्तक प्रकाशनको अभियोगमा हङकङका पाँच जनालाई जेल

Economist Nepal

Sun, Bhadra 26 2079

‘देशद्रोही’ पुस्तक प्रकाशनको अभियोगमा हङकङका पाँच जनालाई जेल


२६ भाद्र २०७९, आईतवार

hongkong

हङकङ । ‘देशद्रोही’ पुस्तक प्रकाशन गरेको अभियोगमा हङकङका पाँच जना ‘स्पिच थेरापिस्ट’ लाई जेल सजाय सुनाइएको छ । बालबालिकासम्बन्धी ती पुस्तक लेख्ने पाँचै जना थेरापिस्टलाई १९ महिनाको जेल सजाय सुनाइएको हो । भेडाहरूले आफ्नो गाउँमा ब्वाँसाहरुलाई रोक्न खोजेको पुस्तकको विषयलाई अधिकारीहरूले हङकङ र बेइजिङ सरकारको सन्दर्भसँग जोडेका छन् ।

पुस्तकले मानिसहरूको दृष्टिकोणबाट इतिहासलाई क्रमबद्ध रूपमा तयार पारिएको लेखकहरूले तर्क गरेका छन् । तर,सरकारले छनोट गरेका न्यायाधीशले लेखकले ‘ब्रेनवासको अभ्यास’ गरेको निस्कर्ष निकालेका छन् । पाँच जना ‘स्पीच थेरापिस्ट’ म्यान-लिङ, मेलोडी येउङ, सिडनी एनजी, स्यामुएल चान र फयलन्गले यसअघि नै एक वर्षभन्दा बढी जेलमा बिताइसकेका छन् ।

सन् २०२० देखि चीनले नयाँ राष्ट्रिय सुरक्षा कानून लागू गरेपछि नागरिक स्वतन्त्रतामाथिको दमनबीच चीनले सजाय सुनाएको हो । सहरलाई स्थिरतातर्फ लैजान कानुन आवश्यक भएको बेइजिङले तर्क गर्दै आएको छ । तर, असन्तुष्टलाई दमन गर्न र हङकङको स्वायत्तलाई कमजोर पार्न उक्त कानुन आवश्यक रहेको बेइजिङले दाबी गर्दै आएको छ ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.