• Trending:

सय सिट नपाए कांग्रेसको बहुमत आउँदैन, ७०-८० का लागि गठबन्धन चाहिन्न : शेखर कोइराला

सय सिट नपाए कांग्रेसको बहुमत आउँदैन, ७०-८० का लागि गठबन्धन चाहिन्न : शेखर कोइराला

Economist Nepal

Sun, Bhadra 26 2079

सय सिट नपाए कांग्रेसको बहुमत आउँदैन, ७०-८० का लागि गठबन्धन चाहिन्न : शेखर कोइराला


shekhar1639469324

विराटनगर । सत्तारुढ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसको एकल बहुमत आउन कम्तीमा सय सिटमा उम्मेदवारी दिनुपर्ने बताएका छन् । बहुमत नल्याउने भए गठबन्धन गरेर चुनाव लड्नुको औचित्य नरहने उनले प्रष्ट्याएका छन् ।

गृह जिल्ला मोरङमा आइतबार आयोजित कार्यक्रममा पार्टीको केन्द्रीय कार्य समिति बैठकले नै गठबन्धनबाट कांग्रेसको एकल बहुमत सुनिश्चित गर्ने भनेकाले सोही अनुसार सिट बाँडफाँटको प्रयास भइरहेको कोइरालाले बताएका छन् ।

उनले भने, ‘कांग्रेसले १०० सिटमा उम्मेदवारी दिनुपर्छ । ७० र ८० सिटमा दिएर त बहुमत आउँदैन,’ ‘हाम्रो बहुमत आउने गरी गठबन्धन गर्ने भन्ने केन्द्रीय समितिको निणर्य हो ।’

city

कोइरालाले ८०/८५ सिटमा उम्मेदवार दिएर कांग्रेसले बहुमत नल्याउने र उल्टै पार्टीमा विद्रोह हुने भन्दै २०७४ सालमा कांग्रेस एक्लैले जितेका क्षेत्र छाड्न नसकिने बताए । यो कुरा आफूले माओवादी अध्यक्ष प्रचण्डलाई पनि भनिसकेको कोइरालाले कार्यकर्ता माझ सुनाए ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.