• Trending:

स्रोत नखुलेको १५ लाख १६ हजार नगदसहित दुई जना पक्राउ

स्रोत नखुलेको १५ लाख १६ हजार नगदसहित दुई जना पक्राउ

Economist Nepal

Sun, Bhadra 26 2079

स्रोत नखुलेको १५ लाख १६ हजार नगदसहित दुई जना पक्राउ


२६ भाद्र २०७९, आईतवार

Money

सर्लाही । सर्लाहीको मलंगवा नगरपालिका-८ स्थित नेपाल भारत सीमा क्षेत्रबाट स्रोत नखुलेको १५ लाख १६ हजार रूपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका-६ घर भई हाल काठमाडौं चन्द्रागिरी नगरपालिका-१२ बस्ने ३५ वर्षीय जनकराज हमाल लगायत छन् । उनीहरुलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

नेपालबाट भारततर्फ जाँदै गरेको बा.९८ प ७१५८ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई स्रोत नखुलेको उक्त नगद सहित फेला पारी पक्राउ गरिएको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.