
काठमाडौँ : निर्वाचन आयोगको निर्देशन विपरित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत २९ जना सहसचिवको सरुवा गरेको छ ।
निर्वाचन आयोगले भदौ २ गते ५ बुँदे निर्देशन जारी गरेको थियो। जसमा यही भदौ २० गतेदेखि लागु हुनेगरी तीन तहकै सरकारले कर्मचारीको सरुवा तथा पदस्थापन कार्य गर्न नपाउने उल्लेख छ। तर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २९ जना सहसचिवको सरुवा एकै पटक गरेको छ ।

Comments
Related News





