• Trending:

समानुपातिकमा ११ उम्मेद्वार उठाउनै पर्ने, बन्दसूची असोज २ र ३ गते बुझाउनु पर्ने

समानुपातिकमा ११ उम्मेद्वार उठाउनै पर्ने, बन्दसूची असोज २ र ३ गते बुझाउनु पर्ने

Economist Nepal

Sun, Bhadra 26 2079

समानुपातिकमा ११ उम्मेद्वार उठाउनै पर्ने, बन्दसूची असोज २ र ३ गते बुझाउनु पर्ने


२६ भाद्र २०७९, आईतवार

Nirbachan scaled

काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फको बन्दीसूची बुझाउने समय असोज २ र ३ गतेलाई तोकेको छ । आइतबार निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

Closelist notice Press.jpeg

असोज २ देखि ३ गतेसम्म दलले उम्मेदवारको बन्दसूची आयोगमा पेश गर्नुपर्नेछ आयोगले सूचना जारी गर्दै जनाएको छ । उक्त बन्द सूचीमाथि आयोगले असोज ४ देखि ९ गतेसम्म छानबिन गर्ने र कानुन अनुसार नभएमा सच्याउन दलहरूलाई सूचित गर्ने छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

यस्तै दलहरुले बन्दसूची सच्याएर असोज १० देखि १६ गतेसम्म पेश गर्नुपर्ने छ । प्रतिनिधिसभामा समानुपातिक सूची बुझाउन चाहने दलले कम्तीमा ११ जना उम्मेदवारको सूची बुझाउनुपर्ने निर्वाचन आयोगले जनाएको छ। बढीमा ११० जनासम्म बन्दसूचीमा नाम राख्न पाइन्छ।

city
jagdamba.cement

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.