• Trending:

रिलायबल नेपाल लाइफद्वारा अभिकर्ता सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न

रिलायबल नेपाल लाइफद्वारा अभिकर्ता सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न

Economist Nepal

Sun, Bhadra 26 2079

रिलायबल नेपाल लाइफद्वारा अभिकर्ता सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न


Screenshot 2 2

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले अभिकर्ता सम्मान तथा उत्प्रेरणामुलक कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले बनेपा रिजन अन्तर्गत दोलखा र रामेछाप शाखाका आफ्ना एजेन्सी म्यानेजर तथा एमडिआरटी अभिकर्ताहरुलाई सम्मान तथा मोटिभेशनल तालिम दिएको हो ।

कार्यक्रममा रिलायबल नेपाल लाइफमा आबद्ध १४० जना अभिकर्ताहरुको उपस्थिती रहेका थिए । उक्त तालिम देलखाको जिल्ला सदरमुकाम चरिकोटको होटेल यम्बोर्सियामा आज शनिबार सम्पन्न भएको हो ।

कार्यक्रममा शाखामा आवद्ध आफ्ना नयाँ तथा पुराना अभिकर्तारुलाई सम्मान गरेको कम्पनीले जनाएको छ । साथै उनीहरुलाई उत्प्रेरणा तालिम समेत दिइएको थियो

city

कार्यक्रम बनेपा रिजनका रिजनल म्यानेजर राजकुमार गिरीको अध्यक्षता सम्पन्न भएको हो भने कम्पनीका मुख्य प्रबन्धक शैलेन्द्र श्रेष्ठ को प्रमुख आतिथ्यता तथा कर्पोरेट ट्रेनर एण्ड मोटिमोशन प्रशिक्षक रबिन कुमार कटुवालको बिशेष आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा दोलखा र रामेछापका अभिकर्ताहरुको सहभागिता रहेको थियो। कार्यक्रममा प्रोग्राम मोटिभेटर रबिन कुमार कटुवालले उत्प्रेरणा मुलक जीवन उपयोगी विषय बस्तुहरुको बारेमा सहभागिहरुलाई जानकारी गराएका थिए ।

त्यस्तै, कम्पनीका मुख्य प्रबन्धक शैलेन्द्र श्रेष्ठ रिजनल म्यानेजर राजकुमार गिरि लगायतले बीमा सम्बन्धि विषयमा प्रस्तुति राख्दै रिलायबलका एमडिआरटी सिनियर एजेन्सी म्यानेजर ,एजेन्सी म्यानेजर ,सफल अभिकर्ताहरुलाई सम्मान गरेका हुन् ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.