• Trending:

माओवादी अध्यक्ष प्रचण्डसँग गृहमन्त्री खाँण र कानुनमन्त्री शर्माको भेटवार्ता

माओवादी अध्यक्ष प्रचण्डसँग गृहमन्त्री खाँण र कानुनमन्त्री शर्माको भेटवार्ता

Economist Nepal

Mon, Bhadra 27 2079

माओवादी अध्यक्ष प्रचण्डसँग गृहमन्त्री खाँण र कानुनमन्त्री शर्माको भेटवार्ता


२७ भाद्र २०७९, सोमबार

prachanda khad bandi O1VMK4veeJ

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा (कोइराला) ले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन् ।

प्रचडण्ड नवास खुमलटारमा सोमबार बिहान भएको भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको जनाइएको छ । भेटमा मंसिर ४ गतेका लागि निर्धारित प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन, प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रक्रियामा रहेका विभिन्न विधेयकका विषयमा कुराकानी भएको गृहमन्त्री खाँणले जानकारी दिए ।

प्रतिनिधि सभाको कार्यकाल सकिन केही दिनमात्रै बाँकी रहँदा त्यहाँ प्रक्रियामा रहेका विधेयकबारे दुई मन्त्री र सत्तारुढ दल माओवादी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री दाहालसँग कुराकानी भएको जनाइएको छ । त्यस्तै भेटमा नेपाल सरकारसँग विभिन्न समयमा सहमति र सम्झौता गरेका विभिन्न राजनीतिक पार्टीका माग पूरा गर्ने सन्दर्भमा अहिलेसम्म भएका प्रगतिबारे पनि कुराकानी भएको छ ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.