• Trending:

निमोनियाले सिकिस्त १६ महिने बालकलाई थप उपचारका लागि काठमाडौं पठाइयो

निमोनियाले सिकिस्त १६ महिने बालकलाई थप उपचारका लागि काठमाडौं पठाइयो

Economist Nepal

Mon, Bhadra 27 2079

निमोनियाले सिकिस्त १६ महिने बालकलाई थप उपचारका लागि काठमाडौं पठाइयो


help for ill child yamkha khotang.jpg

खोटाङ । खोटाङमा निमोनियाले सिकिस्त बनेका १६ महिने बालकलाई खर्च जुटाएर अस्पताल लगिएको छ ।
दिप्रुङ चुईचुम्मा गाउँपालिका-३ छोरम्बु ठेगाना भई हाल दिप्रुङ चुईचुम्मा गाउँपालिका-१ याम्खा बस्दै आएका रोजन राई र मनिला राईको १६ महिने बच्चा रेवन राईलाई शुभेच्छुक तथा जिल्ला अस्पतालको सहयोगमा काठमाडौं लगिएको हो ।

निमोनियाले सिकिस्त बनेका बालकलाई आइतबार ११ बजे जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । तर श्वास फेर्न गाह्रो भएपछि र औषधिले स्वास्थ्यमा सुधार नभएपछि अस्पतालले बालकलाई तत्काल अन्यत्र लैजान रेफर गरेको थियो ।

आर्थिक अभावमा दिनभर जिल्ला अस्पतालमै अल्झिएका बालकलाई राति ११.१५ बजे काठमाडौं पठाइएको हो । पत्रकारद्वय कृष्णकला राई र सञ्जीव राईको पहलमा आर्थिक सहयोग तथा जिल्ला अस्पतालको नवजात शिशु रेफरल फन्डबाट एम्बुलेन्समा लाग्ने २० हजारमध्ये १५ हजार भाडा छुट गराएर बालकलाई अस्पताल पठाइएको हो । अस्पतालले उपचारमा पनि छुट दिएको छ ।

city

पत्रकारद्वयले बालकको उपचारमा समस्या भएको समाचार सामाजिक सञ्जालमार्फत उजागर गरेका थिए । त्यसपछि शुभेच्छुक चिरञ्जीवी रिजालबाट पाँच हजार, राजकुमार राईबाट पाँच हजार, विमला राईबाट दुई हजार र किसन राईबाट एक हजार आर्थिक सहयोग जुटेको छ । बिरामी बालकलाई कान्ति बाल अस्पतालमा भर्ना गरिएको छ ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.