• Trending:

ट्रकको ठक्करबाट आमाको मृत्यु, छोरीसहित तीन घाइते

ट्रकको ठक्करबाट आमाको मृत्यु, छोरीसहित तीन घाइते

Economist Nepal

Mon, Bhadra 27 2079

ट्रकको ठक्करबाट आमाको मृत्यु, छोरीसहित तीन घाइते


२७ भाद्र २०७९, सोमबार

accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

झापा । झापाको भद्रपुरमा आज ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् ।

भद्रपुर-२ र ३ स्थित देउनियाँ पुलमा पृथ्वीनगरबाट भद्रपुरतर्फ आउँदै गरेको प्रदेश १-०१-००१ ख ३६५९ नम्बरको ट्रकले विपरीत दिशातर्फ जाँदै गरेकी भद्रपुर-२ की ३५ की तुलसा खवास लामा र उनको छोरी दुई वर्षीया रुक्साना लामालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ट्रकको ठक्करबाट गम्भीर घाइते तुलसाको उपचारका क्रममा भद्रपुरस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

ठक्कर दिएपछि ट्रक अनियन्त्रित भई पुलबाट खोलामा खस्दा उक्त ट्रकका सहचालक जिल्ला झापा बिर्तामोड-२ का २४ वर्षीय अनिल हस्दा र ५२ वर्षीय बुद्धलाल राजवंशीसमेत घाइते भएका थिए । घाइते बालिकासहित तीनै जनाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालक पाँचथर हिलिहाङ-६ का २४ वर्षीय योगेश सिटौलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.