
काठमाडौं । हिमालयन बैंक लिमिटेडलाई एशियाली विकास बैंक (ए.डि.बि)ले टिएससीएफपी अवार्ड २०२२–लिडिङ बैंक इन नेपाल प्रदान गरेको छ ।
एशियाली विकास बैंकले हिमालयन बैंकलाई बैंकले एशिया प्रशान्त क्षेत्रमा ट्रेड फाईनान्सलाई प्रवद्र्धन गर्न खेलेको प्रभावकारी भूमिकाको सम्मान स्वरुप उक्त अवार्ड प्रदान गरेको बैंकले सोमवार एक प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।
बैंकका तर्फबाट सहायक महाप्रबन्धक श्री सतीश राज जोशीले एडिबिद्वारा सेप्टेम्बर ६, २०२२, सिंगापुरमा आयोजित ट्रेड फाईनान्स प्रोग्राम अवार्ड समारोहमा उक्त अवार्ड ग्रहण गरे ।
Comments
Related News

