• Trending:

१५ वर्षीया किशोरी बलात्कार आरोपमा सेनाका अमल्दार पक्राउ

१५ वर्षीया किशोरी बलात्कार आरोपमा सेनाका अमल्दार पक्राउ

Economist Nepal

Tue, Bhadra 28 2079

१५ वर्षीया किशोरी बलात्कार आरोपमा सेनाका अमल्दार पक्राउ


२८ भाद्र २०७९, मंगलवार

pakrau

गोरखा । एक १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सेनाका अमल्दारलाई पक्राउ गरेकाे छ । बागलुङ गल्कोट-११ घर भइ हाल नेपाली सेनाको वेनिघाट-आरुघाट सडक निर्माण कार्यदलमा कार्यरत नेपाली सेनाका अमल्दार मनबहादुर राना पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गत शनिबार १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले रानालाई पक्राउ गरेको हो । किशोरीलाई बलात्कार गरेको खुलासा भएपछि रानालाई स्थानीयले प्रहरीको जिम्मा लगाएका थिए ।

आरोपितविरुद्ध सोमबार जबरजस्ती करणी मुद्दामा जिल्ला अदालतबाट म्याद थप गराइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी लिलाराज लामिछानेले बताए

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.