• Trending:

रुसले कब्जा लिएको २० बस्ती फिर्ता लिएको युक्रेनको दावी

रुसले कब्जा लिएको २० बस्ती फिर्ता लिएको युक्रेनको दावी

Economist Nepal

Tue, Bhadra 28 2079

रुसले कब्जा लिएको २० बस्ती फिर्ता लिएको युक्रेनको दावी


२८ भाद्र २०७९, मंगलवार

zelensky

किभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी सेनाले यस महिना रुसी सेनाविरुद्धको प्रति आक्रमणमा ६ हजार वर्ग किलोमिटर क्षेत्र फिर्ता लिएको बताएका छन् ।

‘सेप्टेम्बरको सुरुदेखि हाम्रा सैनिकहरूले पूर्व र दक्षिणमा ६ हजार वर्ग किलोमिटर युक्रेनी क्षेत्रलाई मुक्त गरिसकेका छन् । हामी अझ अगाडि बढिरहेका छौं’, जेलेन्स्कीले आफ्नो दैनिक सम्बोधनमा भने । युक्रेनले उत्तरपूर्वी खार्किभ क्षेत्रमा इज्युम, कुपियान्स्क र बालाक्लिया सहरसहित दर्जनौं क्षेत्रहरू पुनः कब्जा गरेको छ ।

पछिल्लो २४ घण्टामा सुरक्षाकर्मीहरूले शत्रुद्धारा कब्जा गरिएका २० बस्तीहरू फिर्ता गराएको र ती क्षेत्र अहिले हाम्रो पूणर् नियन्त्रणमा रहेका युक्रेनी सेनाका एक अधिकारीले बताएका छन् ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.