• Trending:

ली चान्सुको नेपाल भ्रमण : काठमाडौंका यी स्थानहरुमा सवारी आवागमन प्रभावित हुने

ली चान्सुको नेपाल भ्रमण : काठमाडौंका यी स्थानहरुमा सवारी आवागमन प्रभावित हुने

Economist Nepal

Tue, Bhadra 28 2079

ली चान्सुको नेपाल भ्रमण : काठमाडौंका यी स्थानहरुमा सवारी आवागमन प्रभावित हुने


jam scaled

काठमाडौँ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आज (मंगलबार) सवारी आवागमन प्रभावित हुने भएको छ । चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुको भ्रमणलाई मध्यनजर गर्दै उनी जाने स्थानमा पर्ने सडकमा सवारी आवागमन रोकिएको हो ।

बिहान पौने ९ बजे आसपासमा रविभवन सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, कुपण्डोल, माइतीघर, नयाँ बानेश्वर देखि तिनकुन आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुने भएको छ ।

त्यस्तै साढे ११ बजेको आसपासमा तिनकुने, नयाँ बानेश्वर, बबरमहल, सिंहदरबार, माइतीघर, थापाथली, त्रिपुरेश्वर, भोटेबहाल, टेकु, कालीमाटी, सोल्टी होटल, रविभवनसम्मको सवारी आवागमन प्रभावित हुने भएको छ ।

city

दिउँसो साढे ३ बजेको समयमा भने रविभवन, सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, कुपण्डोल, त्रिपुरेश्वर, थापाथली , माईतीघर, बबरमहल, सिंहदरबार, भद्रकाली, पद्मोदयमोड आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुने भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै दिउँसो साढे ४ बजेको आसपासमा पद्मोदयमोड, भद्रकाली, सिंहदरबार, माइतीघर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, कुपण्डोल, भोटेबहाल, टेकु, कालीमाटी, रविभवन र सोल्टी होटल आसपासका क्षेत्रमा पनि सवारी आवागमन प्रभावित हुने भएको छ । उक्त समयमा वैकल्पिक मार्ग प्रयोग गर्नका लागि समेत अनुरोध गरिएको छ ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.