• Trending:

घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

Economist Nepal

Tue, Bhadra 28 2079

घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?


२८ भाद्र २०७९, मंगलवार

gold

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ तोलामा एक सय रुपैयाँ घटेको छ । प्रतितोला ९३ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार तोलामा ३ सय रुपैयाँले घट्दा कारोबार मूल्य प्रतितोला ९३ हजार ६ सय रुपैयाँ थियो । तीन दिनदेखि स्थिर रहेको चाँदीको मूल्य मंगलबार तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ११ सय ८५ रुपैयाँ भएको छ । सोमबार प्रति तोला ११ सय ५० रुपैयाँ थियो ।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुनको मूल्य बढे पनि स्थानीय बजारमा घटेको छ । सोमबार १७१३.८९ डलर प्रतिऔंसमा कारोबार भएको सुन मंगलबार प्रतिऔंस १७२२.०८ डलर छ । चाँदी मंगलबार प्रतिऔंस १९.७१ डलर छ । सोमबार प्रतिऔंस १८.९२ डलर थियो ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.