• Trending:

ललितपुरमा डोरीले घाँटी कसेर तेस्री श्रीमतीको हत्या, श्रीमान पक्राउ

ललितपुरमा डोरीले घाँटी कसेर तेस्री श्रीमतीको हत्या, श्रीमान पक्राउ

Economist Nepal

Tue, Bhadra 28 2079

ललितपुरमा डोरीले घाँटी कसेर तेस्री श्रीमतीको हत्या, श्रीमान पक्राउ


२८ भाद्र २०७९, मंगलवार

hatyaa 12

ललितपुर । श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले दोलखा भिमेश्वर नगरपालिका-९ घर भई ललितपुर महानगरपालिका-२९ हरिसिद्दी बस्ने ६३ वर्षीय घ्याल्मो लामालाई पक्राउ गरेको छ ।

उनले ४७ वर्षीया श्रीमती रुपा क्षेत्रीको हत्या गरेको प्रहरीले जनाएको छ । गोदावरी नगरपालिका-३ फुलचोकीस्थित जंगलमा सडिगलेको अवस्थामा आइतबार दिउँसो रुपाको शव फेला परेको थियो ।

घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले घटनामा संलग्न लामालाई पक्राउ गरेको हो । लामाले भदौ १६ गते दिउँसो श्रीमतीसँग वादविबाद भएको कारण डोरीले घाँटीमा बाधेर हत्या गरेको प्रारम्भिक अनुसम्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ । रुपमा लामाकी तेस्री श्रीमती हुन् । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.