• Trending:

जबराको सकियो बयान : ४३ वटै प्रश्नको दिए जवाफ, अब पुरक प्रश्नको पालो

जबराको सकियो बयान : ४३ वटै प्रश्नको दिए जवाफ, अब पुरक प्रश्नको पालो

Economist Nepal

Tue, Bhadra 28 2079

जबराको सकियो बयान : ४३ वटै प्रश्नको दिए जवाफ, अब पुरक प्रश्नको पालो


cholendra shumsher jb rana

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाभियोग सिफारिस समितिले बयान लिने काम सकेको छ । समितिले तयार पारेका ४३ वटै प्रश्नको जवाफ जबराले दिएका छन् ।

प्रतिनिधिसभाले गठन गरेको महाभियोग सिफारिस विशेष समितिले ४३ प्रश्न तयार पारेको थियो । जबराले आइतबारसम्म ३५ वटा प्रश्नको जवाफ दिएका थिए । बाँकी प्रश्नको जवाफ आज दिएका हुन् ।

उनको जवाफ सकिएर बाहिरिएका छन् भने समितिको बैठक जारी छ । समितिले फेरि उनलाई बोलाउने कि के गर्ने भन्ने विषयमा कुनै निणर्य गरेको छैन । एक सदस्यले दिएको जानकारीअनुसार आवश्यक परेमा समितिमा फेरि बोलाइनेछ । अब सांसदहरुले चोलेन्द्रसँग पूरक प्रश्न सोध्ने छन् । तर पूरक प्रश्न सोध्नका लागि अर्को बैठक भने निर्धारण गरिएको छैन । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको आयु असोजको सुरुमै सकिँदैछ ।

city

जबराले यसअघिको बयानमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहकर्मी न्यायाधीशहरु, पूर्वन् यायाधीशहरु, पत्रकार, वरिष्ठ कानुनविद्हरु, मिडिया सञ्चालकहरुलाई आरोप लगाएका छन् भने नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन अर्थमन्त्री विष्णु पौडेलप्रति आभार व्यक्त गरेका छन् ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.