
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले काठमाडौंको सुन्दरबस्ती भङ्गालमा आफ्नो ११९ औं शाखा विस्तार गरेको छ ।
बैंकले मंगलवार एक कार्यक्रम आयोजना गरी शाखा सञ्चालनमा ल्याएको हो ।
कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका वडा नं। ८ का अध्यक्ष सुमन तामाङ्ग र एभरेष्ट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्माले सुन्दरबस्ती भङ्गाल शाखाको संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
उक्त उद्घाटन समारोहमा काठमाडौं उद्योग वाणिज्य संघका कार्यकारी सदस्य रत्न भुषण छकुबाजी, बैंकका नायब महाप्रबन्धक गौरव कुमार, बाग्मती प्रदेशका प्रादेशिक–प्रबन्धक सन्तोष कुमार भट्टराई तथा बजार विभाग प्रमुख पुष्पराज उप्रेती, लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
Comments
Related News

