• Trending:

छैटौं महिला साफ च्याम्पियनसीप : भारतविरुद्ध बंगलादेशको ऐतिहासिक जित

छैटौं महिला साफ च्याम्पियनसीप : भारतविरुद्ध बंगलादेशको ऐतिहासिक जित

Economist Nepal

Wed, Bhadra 29 2079

छैटौं महिला साफ च्याम्पियनसीप : भारतविरुद्ध बंगलादेशको ऐतिहासिक जित


saaf2022 09 14 06 59 48

काठमाडौं । छैटौं संस्करणको महिला साफ च्याम्पियनसीप फुटबलमा भारतले पहिलो पटक हार व्यहोरेको छ । बंगलादेशसामू भारत ३-० ले पराजित भएको हो ।

बंगलादेशलाई जित दिलाउन मोसाम्मत सिरात जाहन सोप्नाले दुई गोल गरेकी थिइन् । श्रीमोती सरकारले पनि एक गोल प्रहार गरेकी थिइन् ।

साविक विजेताविरुद्ध १२ औं मिनेटमा बंगालदेशकी सोप्नाले, सरकारले २२औं मिनेटमा र ५३औं मिनेटमा सोप्नाले दोस्रो गोल गरेकी थिइन् । जवाफमा भारतले कुनै पनि गोल फर्काउन सकेन ।

city

समूह विजेता बनेको बंगलादेशले समूह ’ए’ मा ३ खेलमा ९ अंक जोडेको छ । भारत ३ खेलमा ६ अंक जोडेर समूह उपविजेता बन्दै अन्तिम चारमा पुगेको छ । सेमिफाइनलमा बंगलादेशले भुटानको सामना गर्नेछ ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.