• Trending:

कमलनगरको ‘सुज हाउस’ मा विद्युत सर्ट भई आगलागी, जुत्ता चप्पल जलेर नष्ट

कमलनगरको ‘सुज हाउस’ मा विद्युत सर्ट भई आगलागी, जुत्ता चप्पल जलेर नष्ट

Economist Nepal

Wed, Bhadra 29 2079

कमलनगरको ‘सुज हाउस’ मा विद्युत सर्ट भई आगलागी, जुत्ता चप्पल जलेर नष्ट


२९ भाद्र २०७९, बुधबार

agalagi fireing आगालागी 234545

चितवन । चितवनको भरतपुर महानगरपालिका-३ नारायणगढ कमलनगरस्थित ओम ब्याकेन सुज हाउसमा गए राति आगलागी भएको छ । सुज हाउसमा राती करिब साढे ११ बजे विजुलीको तार सर्ट भई आगलागी भएको हो ।

स्थानीय तेज नारायण चापागाईको एकतले भवनको सटरमा अर्जुन कार्कीले भाडामा लिइ सञ्चालन गर्दै आएको उक्त सुज हाउसमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

आगलागीबाट पसलमा रहेका सबै जुत्ता चप्पल चलेर नष्ट भएको प्रहरी कार्यालयका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । उनका अनुसार क्षतिको विवरण आउन बाँकी छ । आगलागीबाट मानविय क्षति भनेको भएको छैन । स्थानीय, प्रहरी र दमकलको सहायताले गए राति नै आगो नियन्त्रणमा लिइएको हो ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.